Logo

प्रमुख समाचार

महोत्तरी–२ बाट प्रतिनिधिसभामा लोसपाका शरतसिंह भण्डारी निर्वाचित



महोत्तरी । महोत्तरी क्षेत्र नमबर २ बाट प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्‍मेदवार शरत सिंह भण्डारी निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

लोसपाका भण्डारीले २५ हजार १९० मत पाउँदा तमलोपाका सिंहले ११ हजार १२० मत ल्‍याए । यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० हजार २५८, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १३:४४   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।