कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी निर्वाचित भएका छन् । चौधरीले नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गरेका छन् ।
चौधरीले २१ हजार ८७१ मत ल्याएका छन् भने एमालेका रावलले १६ हजार १२८ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका भगतबहादुर बढुवालले १५ हजार ११६, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत सिहं विसीले २ हजार ७८४, नेपाल मजदुर किसान पार्टीका रमेशकुमार रावलले ३१५ मत पाएका छन् ।




















प्रतिक्रिया