Logo

राजनीति

गिरिजापुत्री सुजातालाई हराउँदै मोरङ–२ मा एमालेका ऋषिकेश पोखरेल विजयी



मोरङ । मोरङ–२ मा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल विजयी भएका छन् । उनले सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेकी कांग्रेसकी सुजाता कोइरालालाई १ हजार २०८ मतान्तरले पारजित गरेका हुन् ।

पोखरेल ३३ हजार १४८ मत ल्याइ विजयी भएका हुन् भने पराजित भएकी कोइरालाले ३१ हजार ९४० मत ल्याइन् । सुजाताका पिता समेत रहेका स्व. गिरिजाप्रसाद कोइराला यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्री भएका थिए ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल यसअघि २०७० को संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए । तर २०७४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए । कांग्रेसले यसपटक रिजाललाई टिकट नदिएर सुजातालाई अगाडि सारेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार २०:४२   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।