Logo

राजनीति

तेह्रथुममा कांग्रेसकी सीता गुरूङ हजार मत अन्तरले विजयी



तेह्रथुम । तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरूङ विजयी भएकी छन् । उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका विजय सुब्बालाई एक हजारभन्दा बढी मतले हराएकी हुन् ।

पछिल्लो परिणामअनुसार कांग्रेसकी गुरूङले १९ हजार ७ सय २ मत ल्याएकी छन् भने उनका निकट प्रतिस्पर्धी सुब्बाले १८ हजार ६ सय २३ मत ल्याएका छन् । उनीहरूको मत अन्तर १ हजार ७९ छ ।

२०६४ र २०७० को संविधानसभामा समानुपातिक सदस्य रहेकी गुरूङ २०७४ को निर्वाचनमा पराजित भएकी थिइन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार ०६:५२   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।