सप्तरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तेजुलाल चौधरी विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार चौधरी २२ हजार २२५ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ८० मत प्राप्त गरेका छन् ।
२०७० सालको संविधानसभा निर्वाचनबाट चुनावमा लड्न थालेका चौधरीले २०७० र २०७४ को चुनाव पनि जितेका थिए ।




















प्रतिक्रिया