Logo

प्रमुख समाचार

सुनसरी–२ बाट पूर्वमुख्यमन्त्री आचार्य निर्वाचित 



काठमाडौं । सुनसरी क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उमेदवार भीमप्रसाद आचार्य निर्वाचित भएका छन् । प्रदेश नम्बर–१ का पूर्वमुख्यमन्त्री समेत रहेका आचार्य चार हजार १८९ मतान्तरसहित प्रतिनिधिसभा सदस्य पदममा निर्वाचित भएका हुन् ।

शनिबार बिहान सार्वजनिक अन्तिम मतपरिणामानुसार उनले २५ हजार ७७९ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार सिताराम मेहताले २१ हजार ५९० मत पाए ।

यहाँ तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार लालविक्रम थापाले १७ हजार १९९ मत प्राप्त गरे ।

आचार्य ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा सुनसरी–६ बाट निर्वाचित भएका थिए । ०७४ मा प्रदेश सांसद बने । अहिले फेरि संघमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १०:३६   :  बजे

414
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।