Logo

प्रमुख समाचार

नवनिर्वाचित रास्वपा सांसद खनालले भने–गठबन्धनको बहुमत आए प्रतिपक्षमा बस्छौं



काठमाडौं । नवनिर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पुरानो दल र नेतृत्वप्रति असन्तुष्ट मतदाताले आफूहरुलाई अनुमोदन गरेको बताएका छन् । काठमाडौं–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका खनालले नयाँ सांसदले स्थानीय र राष्ट्रिय मुद्दामा जनआकांक्षा अनुसार काम गर्ने अवसर पाएको बताए ।

‘मैले जितेपछि भीमसेनदास प्रधान सरले भेटेरै शुभकामना दिनुभयो । प्रधान सर र अर्का उम्मेदवार अग्रज व्यक्तित्व हुनुहुन्थ्यो । हामी गालीगलौज नगरी चुनावमा गयौं । शिष्टाचारपूर्वक लडियो’, पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनेका छन्, ‘यो पनि राजनीतिक परिवर्तनको संकेत हो ।’

नवनिर्वाचित सांसद खनालले गठबन्धनको बहुमत आयो भने पार्टी प्रतिपक्षमा बस्ने पनि औंल्याए । उनले थपे, ‘हाम्रो सहभागिताविना सरकार नबन्ने क्रिटिकल अवस्थामा मात्र सरकारमा जान सक्छौं । मुलुकलाई फेरि आठदश अर्वको बोझ किन बोकाउने ? हामी सबैसँग समदूरीको संवादमा रहन्छौं ।’

खनालले २०४६ पछिका सबै भ्रष्टाचारको फाइल खोल्नुपर्ने पनि बताए । रास्वपाले अहिलेको स्थितिमा समानुपातिकतर्फ १७ देखि २५ सिट ल्याउने दाबी पनि उनले गरे ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १४:१७   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।