Logo

राजनीति

धाँधली भएको भन्दै झलनाथ खनालले गरे मतगणना बहिस्कार, पुनः मतदानको माग



काठमाडौं । इलामा–१ मा धाँधली भएको भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मतगणना बहिस्कार गरेका छन् । उनले पुनः मतदानको माग गरेका छन् ।

यसबारेमा निर्वाचन आयोगलाई समेत जानकारी दिएको र पत्रकार सम्मेलन गरेर आफू मतगणनामा सहभागी नहुने जानकारी दिने उनले बताएका छन् । खनालले मतगणनाको सुरुदेखि नै गडबड भएको बताएका छन् ।

खनाल एमालेका महेश बस्नेतसँग करिब ३ हजार मतले पछि परेका छन् । उनको आफ्नै नगरपालिकामा गणना जारी हुँदा पनि निरन्तर पछि परेपछि पुनः मतदानको माग गरेका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १४:३०   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।