Logo

प्रमुख समाचार

सुनसरीमा मतगणना रोकियो



सुनसरी । सुनसरीमा मतगणना रोकिएको छ ।  नेपाली कांग्रेसले धाँधलीको आशंका जनाएपछि सुनसरी ४ को प्रतिनिधिसभा तर्फको मतगणना रोकिएको हो । मतगणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन् । सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधिसभा तर्फको मत गणना तत्कालका लागि रोकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४ सय ३९ मतका साथ झिनो अग्रतामा रहेका छन् । प्रतिस्पर्धी एमाले उमेदवार जगदीसप्रसाद कुसियैतले २३ हजार ३ सय ४१ मत ल्याएका छन् । कुसियत ९८  मतले अगाडि रहेका छन् । सुनसरी ४ को प्रतिनिधिसभा तर्फ ८ वटा वडाको मत गन्न बाँकी छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १५:४१   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।