बुटवल । नेपाली काँग्रेसले रुपन्देहीमा प्रतिनिधिसभा तर्फ शून्य भएको छ । ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधि सभामा एउटापनि सिट जित्न सकेन । गृहमन्त्री समेत रहेका वालकृष्ण खाँणले समेत आफनो सिट सुरक्षित गर्न सकेनन् ।रुपन्देहीका पाँचैक्षेत्रको मतगणना सकिएको छ । रुपन्देहीमा प्रतिनिधिसभामा एमाले ३ ,राप्रपा १ र लोसपाले १ क्षेत्रमा विजयी भएका छन् । रुपन्देहीमा ५ वटा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र र प्रदेशसभाको निर्वाचन क्षेत्र १० छन् ।
लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा कुल जनसंख्या ८ लाख ७४ हजार ६०६ रहेको छ । यहाँ ६ लाख ३८ हजार ९५२ मतदाता रहेका छन् जसमा ३ लाख २७ हजार ४३३ जना पुरुष छन् भने ३ लाख ११ हजार ५११ जना महिला छन् । रुपन्देही १ मा घनश्याम भुसाललाई ३५ सय मतले हराउँदै एमालेका सचिव छविलाल विश्वकर्मा विजयी भएका छन् ।
त्यस्तै रुपन्देही–२ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी भएका छन् । त्यस्तै रुपन्देही ३ बाट राप्रपा उपाध्यक्ष दिपक बोहोरा बिजयी भएका छन् । गृहमन्त्री वालकृष्ण खाँणलाई वोहोराले पराजित गरेका हुन् ।
त्यस्तै रुपन्देही ४ बाट प्रतिनिधिसभा सदस्यमा लोसपाका सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् । उनले काँग्रेसका प्रमोद यादवलाई पराजित गरेका हुन् ।
त्यस्तै रुपन्देही क्षेत्र न ५ मा प्रतिनिधि सभामा एमालेका वासुदेव घिमिरले काँग्रेसका प्रभावशाली नेता भरत कुमार शाहलाई निकै फराकिलो मतान्त्ररले हराएका छन् । यसरी रुपन्देही जिल्ला नेपाली काँग्रेसको प्रतिनिधि सभामा शून्य भएको छ ।




















प्रतिक्रिया