काठमाडौं । धनुषा–१ बाट पतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा)का दीपक कार्की निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका मातृकाप्रसाद यादवलाई पाँच हजार ९४८ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् ।
जसपाका कार्कीले २७ हजार ४३१ मत ल्याउँदा माओवादी केन्द्रका मातृकाले २१ हजार ४८३ मत ल्याए । मातृका पाँच दलीय गठबन्धनको साझा उमेदवार थिए भने कार्की जसपा–एमाले गठबन्धनका उमेदवार थिए ।
यसअघि ०७४ मा मातृकाको निकटतम प्रतिस्पर्धी कार्की नै थिए । जनमत पार्टीका किसोरी साहले १४ हजार ४६७ र राप्रपाका मनोज मल्लले आठ हजार २८३ मत ल्याए ।




















प्रतिक्रिया