काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ अग्रस्थानमा रहेको नेकपा एमाले २१ लाख ६५ हजार ६३२ पाएको छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै अग्रस्थानमा रहँदै आएको एमालेले अहिले (शनिबार राति ९ बजे) सम्म २१ लाख ६५ हजार ६३२ पाएको हो ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २० लाख ८२ हजार ५०० पुर्याएको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ९ लाख कटाएको छ । अहिलेसम्म माओवादीको मत ९ लाख १८ हजार ५२६ पुगेको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ८ लाख ८४ हजार ७५० मत पाएको छ ।
यस्तै पाँचौं स्थानमा रहेको राप्रपाले ४ लाख ६७ हजार १४५, छैटौं स्थानको जसपा नेपालले २ लाख ५४ हजार ४२३, सातौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १ लाख ९८ हजार २२४ मत पाएको छ ।
जनमत पार्टीले १ लाख ८६ हजार ५९६, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७८ हजार ७०१, दशौं स्थानको लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६ हजार ४१ र नेपाल मजदुर किसान पार्टीले ६८ हजार ६११ मत पाएको छ । यीबाहेक अन्यले सकैले पनि ५० हजार कटाउन सकेका छैनन् ।




















प्रतिक्रिया