Logo

प्रमुख समाचार

मोरङ–१ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका लिम्बू निर्वाचित



काठमाडौं । मोरङ–१ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । उनले एमालेका घनश्याम खतिवडालाई ४ सय ३० मतले पराजित गर्दै दोस्रो जित दर्ता गरेका हुन् ।

मोरङका सभापति समेत रहेका लिम्बूले २७ हजार २९७ मत ल्याउँदा खतिवडाले २६ हजार ८६७ मत ल्याएका छन् । अघिल्लो निर्वाचनमा लिम्बू खतिवडासँगै ६ हजार मतले पराजित भएका थिए ।

त्यसअघि लिम्बूले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा खतिवडालाई पराजित गरको थिए । योसँगै मोरङका ६ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनीक भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार २१:४५   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।