Logo

राजनीति

इलाम–२ मा रोकिएको मतगणना तत्काल सुरु गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको निर्देशन



काठमाडौं । विवाद उत्पन्न भएर रोकिएको इलाम– २ को बाँकी मतगणना तत्काल सुरु गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्देशन दिएका छन् । इलामका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहाललाई टेलिफोन मार्फत थपलियाले सो निर्देशन दिएका हुन् ।

मतगणनाको अन्तिम चरणमा पुगेका बेला शनिबार साँझदेखि एमाले र कांग्रेसबीच विवाद उत्पन्न भएपछि तनावको अवस्था सिर्जना भएको छ । मतगणना अन्तिम चरणमा पुगेपछि कांग्रेसका कार्यकर्ताहरूले मतदान अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएको भन्दै मतगणना बहिस्कार गर्दै नारा जुलुस थालेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार २१:५७   :  बजे

312
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।