Logo

राजनीति

समानुपातिकमा एमाललेले २४ लाख मत कटाउँदा एकीकृत समाजवादी भने थ्रेसहोल्ड पछ्याउँदै 



काठमाडौं । जारी मतगणनामा आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा नेकपा एमालेले समानुपातिकमा एमालेले २४ लाख १३ हजार २२२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ मतसहित दोस्रो स्थान बनाएको छ ।

नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ ।  माओवादीले १० लाख कटाएर तेस्रो स्थान कायम राखेको छ । 

त्यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १३ हजार कटाएर पाँचौ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख कताएर छैठौं, सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार मत पाएको छ । ​समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।

समाजवादीपछि जनमतले २ लाख ३४ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार र लोसपाले १ लाख २२ हजार मत ल्याएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७९, आईतवार १६:०१   :  बजे

549
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।