काठमाडौं । धनुषा–४ मा नेपाली कांग्रेसका महेन्द्र यादवको अग्रता तोड्दै नेकपा एमालेका रघुवीर महासेठले अग्रता लिएका छन् । कांग्रेसका सहमहामन्त्रीसमेत रहेका यादवलाई ३४ मतले उछिन्दै महासेठले अग्रता लिएका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार महासेठले २४ हजार ४८२ मत ल्याएका छन् भने यादवले २४ हजार ४४८ मत पाएका छन् । अब मिथिला नगरपालिकाकाको मतगणना बाँकी छ । निर्वाचन आयोगका अनुसार मिथिलामा १९ हजार ९०८ मत खसेको छ।




















प्रतिक्रिया