काठमाडौं । मतदान भएको साता दिन बित्दा समेत अझैसम्म पनि स्याङ्जाको क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन सकेको छैन । नेपाली कांग्रेसले बुथ कब्जा गरी विदेश गएका र मृत्यु भइसकेका व्यक्तिको नाममा मतदान गरेको आरोप नेकपा एमालेले लगाएर पुनः मतदान माग गरेपछि मतगणना सुरु हुन नसकेको हो ।
ती केन्द्रमा पुनः मतदान हुनुपर्ने एमालेको माग छ । चापाकोट नगरपालिका वडा नम्बर ३, ४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन नदिएको हो । स्याङजा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्याल चुनावी मैदानमा छन् ।
तर एमालेले कांग्रेसले भोट हालेको मृतकको सूची भन्दै सार्वजनिक गरेको सूचीमा जिउँदै व्यक्तिलाई समेत समेटेको पाइएको छ ।

एमालेले जिउँदा व्यक्तिहरुलाई पनि मरेको मतदाता भन्दै सूची सार्वजनिक गरे पछि जिउँदै रहेकी स्याङजा चापाकोटकी जुनमाया दमैले आफू तर्सिएको प्रतिक्रिया दिँदै आपत्ति जनाएकी छन् ।
जनुमायाले मंसिर ४ गते जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा मतदान गरेको बताएकी छन् । जिउँदै रहेको आफूलाई मरेको भन्नेलाई कडा कारबाही हुनुपर्ने भन्दै उनले आक्रोश पोखिन् । जिउँदै मानिसहरुलाई मरेको आरोप एमालेले लगाएपछि चापाकोटवासीहरु आक्रोसित भएका छन् ।
एमालेको मृत सूचीमा परेकी जुनमाया के भन्छिन् ? हेर्नुहोस भिडियो
आयुक्त पौडेलको फरक मत
स्याङजा–२ को विषयमा निर्वाचन आयोगका आयुक्त ईश्वरी प्रसाद पौडेलले फरक मत राखेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार लपलिया, आयुक्तहरु रामप्रसाद भण्डारी, जानकी तुलाधर र सगुनसमशेर जबराले गरेका निर्णयमा फरक मत राख्दै उनले आयोगले छानविन गर्नसमेत जरुरी नरहेको बताएका छन् ।





















प्रतिक्रिया