Logo

प्रमुख समाचार

धनुषा-४ मा मतान्तर घटाउँदै एमालेका रघुवीर महासेठ



धनुषा । धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले मतान्तर घटाएका छन् ।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव अघि छन् । यादवसँगको मतान्तर रघुवीरले घटाउँदै लगेका छन् ।

अहिले कांग्रेसका यादवको मत २८ हजार ६ सय ५५ छ भने एमालेका रघुवीरको मत २७ हजार ९ सय १० छ । यहाँ महेन्द्र ७४५ मतान्तरले अघि छन् । मतगणना जारी छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार १६:५३   :  बजे

642
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।