धनुषा । प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन् ।
रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्र यादवले ३२ हजार एक सय १२ मत मात्रै ल्याएका छन् ।
१२४ मतान्तरले रघुवीर विजयी भएको निर्वाचन अधिकृत सुदीप दंगालले बताए । २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए ।




















प्रतिक्रिया