Logo

राजनीति

समानुपातिकतर्फ ९५ लाख ७३ हजार मत गणना हुँदा ३ प्रतिशत पुर्‍याउँन एकीकृत समाजवादी अझै संघर्षरत



काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९५ लाख ७३ हजार ७५ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ ।

एमालेले २५ लाख ८४ हजार १९२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ५२ हजार ८३ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ६४७ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार २५९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५१ हजार १०७ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ५७ हजार ४६४ मत र जनमत पार्टी २ लाख ९९ हजार ८७३ प्राप्त गर्दै राष्ट्रिय दल बन्न अग्रसर हुँदा नेकपा एकीकृत समाजवादी २ लाख ६४ हजार ४७२ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २९१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३७ हजार ७१६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ०९:५८   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।