काठमाडौं । स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर २ को मतगणना सुरु गर्न माग गर्दै नेपाली कांग्रेसका नेताहरुले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् । कांग्रेस उम्मेदवार तथा पार्टी उपसभापति धनराज गुरुङ, नेताद्धय रामचन्द्र पौडेल र प्रदीप पौडेलले निर्वाचन आयोग पुगेर तत्काल मतगणना सुरु गर्नतर्फ ध्यानकर्षण गराएका हुन् ।
चापाकोट नगरपालिका अन्तर्गत रहेका ४ बुथमा कांग्रेसले धाँधली गरेको भन्दै अन्य दलले पुन मतदानको माग गरेका छन् । कांग्रेस भने मतगणनाको पक्षमा छ । प्रक्रियासँगत तरिकाले मतदान सकिएकाले गणना हुनुपर्ने माग गरिएको नेता प्रदीप पौडेलले जानकारी दिए ।




















प्रतिक्रिया