Logo

प्रमुख समाचार

सुनसरी–४ मा कार्कीसँग मतान्तर घटाउँदै एमालेका कुसियैत 



सुनसरी । प्रतिनिधिसभा सदस्यतर्फ सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ । नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्र बहादुर कार्कीले अग्रता लिइरहेका छन् । 

उनका पक्षमा २६ हजार ९९८ मत खसेको छ । दोस्रो स्थानमा नेकपा एमालेका जगदिश कुसियैत छन् । उनले २६ हजार ७५३ मत पाएका छन् । 

पछिल्लो समय कुसियैतले मतान्तर घटाइरहेका छन् । अहिले कार्की र कुसियैतको मतान्तर २४५ मात्रै छ । हाल भोक्राहा नरसिंह गाउँपालिका ७ र बराहक्षेत्र नगरपालिका ११ को ५ हजार ६९४ मतगणना भइरहेको छ । 
 
भोक्राहा ७ र बराहक्षेत्र ११ को मत गनिसकेपछि कोसी गाउँपालिका ६ र बराहक्षेत्र नगरपालिका १० को ५ हजार ८१८ मत गणना गर्न बाँकी हुनेछ । 

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १३:२७   :  बजे

336
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।