काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले २७ मत कटाएका छ । मतगणनाको सुरुदेखि नै अगाडि रहँदै आएको एमाले अहिले पनि अग्रस्थानमै छ । एक करोड ७५ हजार ९९७ मतगणना सकिँदा एमालेले २७ लाख ३ हजार९५७ मत पाएको छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ६४ हजार २८७ मत पाउँदा तेस्रो स्थानको नेकपा माओवादी केन्द्रले ११ लाख ४६ हजार ७३३ मत पाएको छ । चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छ । रास्वपाले १० लाख ९९ हजार २२८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७१ हजार ९१२, जनता समाजवादी पार्टीले ४ लाख २ हजार ७७१, जनमत पार्टीले ३ लाख ६७ हजार ९५७ मत पाएका छन् । यी दलले ३ प्रतिशतको ‘थ्रेस होल्ड’ कटाएका छन् ।
तर नेकपा एकीकृत समाजवादीले अहिलेसम्मको थ्रेस होल्ड कटाउन सकेको छैन । नेकपा एस २ लाख ८६ हजार १२० मतका साथ आठौं स्थानमा छ । यस्तै, नागरिक उन्मुक्ति पार्टीले २ लाख ५३ हजार १७०, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ४९ हजार ३१६, नेपाल मजदुर किसान पार्टीले ७३ हजार ७०९ र हाम्रो नेपाली पार्टीले ५४ हजार १० मत पाएका छन् । यीबाहेकका अन्य दलले अहिलेसम्म ५० हजार मत पनि कटाउन सकेका छैनन् ।




















प्रतिक्रिया