Logo

प्रमुख समाचार

कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागी तत्पर छौं : सिके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सिराहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. सिके राउतसँग नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको भेटवार्ता भएको छ । आज (बुधबार) बानेश्वरस्थित नेता निधिको निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटका क्रममा नेता निधिले निर्वाचनमा पहिलो पटकमै आफू र आफ्नो पार्टीलाई राम्रो संख्यामा विजयी गराउन सफल भएकोमा राउतलाई बधाई दिए । उनले राउतलाई नेपाली कांग्रेससँग संघमा र प्रदेशमा सरकार गठनमा सहभागी हुन प्रस्ताव गरे । उक्त प्रस्तावमा राउतले अपाmू पूर्ण सकारात्मक रहेको बताएका छन् ।

निधिसँग करिब एक घण्टा भएको भेटमा डा राउतले आफू सुरुदेखि नै शान्ति र लोकतन्त्रमा विश्वास गर्ने गरेको बताउँदै जनमत पार्टी कांग्रेस नेतृत्वको गठबन्धनमा सहकार्य गर्न तत्पर रहेको बताएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १८:४०   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।