Logo

प्रमुख समाचार

नयाँ सरकार गठनकाे गृहकार्य चलिरहेका बेला फेरि सुकुटे पुगे प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो समयपछि बुधबार दिउँसो सुकुटे पुगेका छन् । उनी परिवारका सदस्यहरूसहित पूर्वसभामुख अग्निप्रसाद सापकोटा र केही नवनिर्वाचित सांसदहरूलाई लिएर त्यहाँ पुगेका हुन् ।

महत्त्वपूर्ण राजनीतिक निर्णय लिनुअघि प्रचण्ड सुकुटे पुग्ने गरेको बताइन्छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीका निकट पात्र सापकोटसँग उनी सकुटे आएका हुन् ।

निर्वाचनको अन्तिम परिणाम आउनुअघि प्रचण्ड त्यहाँ पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बुधबार दिउँसो २ बजे त्यहाँ पुगेका प्रचण्ड बिहीबारमात्रै फर्किने कार्यक्रम रहेको जनाइएकाे छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार २०:०३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।