काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र सुनसरी–४ मा अहिले मत गणना जारी रहेको छ । मतगणना अनुसार त्यहाँ सञ्चार तथा सूचना प्रतविधिमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा टक्कर देखिएको छ ।
पछिल्लो परिणाम अनुसार कांग्रेसका कार्की मात्र ७३ मतले अगाडि छन् । उनले २७ हजार ८९८ मत पाउँदा एमालेका कुसियैतले २७ हजार ८२५ मत पाएका छन् ।




















प्रतिक्रिया