Logo

राजनीति

सुनसरी–४ मा मतान्तर घटाउँदै एमालेका कुसियैत, सञ्चारमन्त्री कार्की झिनाे मतले अघि



काठमाडौं । सुनसरी–४ मा जारी मतगणनामा अन्तिम चरण्मा आइपुगेको छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतान्तरले अगाडि छन् ।

कोशी गाउँपालिकाको ६ नम्बर वडाको मतगणनामा कार्की एमालेका उम्मेदवार जगदीश कुसियैतभन्दा ८२ मतले पछि परेकोमा बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडा गन्न थालेपछि फेरि मतान्तर घटाएका हुन् ।

पछिल्लो गणना अनुसार कार्कीले ३० हजार २१४ मत प्राप्त गर्दा कुसियैतले ३० हजार १७३ मत पाएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ११:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।