Logo

प्रमुख समाचार

निर्वाचन आयोगको निर्देशनपछि पनि बाजुरामा सुरु हुन सकेन मतगणना



काठमाडौं । निर्वाचन आयोगकको निर्देशनपछि पनि बाजुरामा मतगणना सुरु हुनु सकेको छैन । दुई पटकको सर्वदलीय बैठकमा मतगणनाबारे सहमति जुट्न नसक्दा गणना अनिश्चित बनेको हो ।

आयोगले रोकिएको मतगणना सुचारु गर्न बुधबार निर्देशन दिएको थियो। त्यपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बुधबार सर्वदलीय बैठक बलाएको थियो । बैठकमा एमाले अनुपस्थित भएपछि पहिलो बैठक निष्कर्षविहीन बन्यो

।आज बिहीबार बिहान ७ बजे पनि सर्वदलीय बैठक बोलाएको थियो । तर त्यसमा पनि सबै दलको उपस्थिति भएन । त्यसपछि पुन बैठक बोलाइएको बताइएको छ ।

नेकपा एमाले बाजुराले कांग्रेस कार्यकर्ताको कुटपिटबाट ज्यान गुमाएका विद्यार्थी चेतन अयडीका हत्यारालाई पक्राउ गर्नुपर्ने र अयडीको न्यायको लागि शान्तिपूर्ण आन्दोलनका बेला गिरफ्तार गरिएका युवाहरूलाई विना सर्त रिहाइ नहुँदासम्म बैठकमा सहभागी नहुने बताउँदै आएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ११:२९   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।