Logo

राजनीति

स्याङजा–२ मा धनराज गुरुङको अग्रता कायमै, पछ्याउँदै पद्मा अर्याल



काठमाडौं । स्याङजा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उसभापति धनराज गुरुङले अग्रता कायमै राखेका छन् । प्रदेशसभा निर्वाचन क्षत्र १ अन्तर्गतका गल्याङ ६ र ७ तथा भीरकोट ५, ६, ७, ८, ९ र वालिङ १ को गणना सकिँदा नेकपा एमलेकी उम्मेदवार पद्मा अर्यालभन्दा कांग्रेसका गुरुङ १३ सयभन्दा बढी मतान्तरले अघि छन् ।

पछिल्लो मतगणनाअनुसार कांग्रेसका गुरुले ५ हजार ३१४ मत पाउँदा नेकपा एमालेका सचिवसमेत रहेकी अर्यालले ३ हजार ९८७ प्राप्त गरेकी छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले १ हजार ३८४ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्याङजा २ कुल ७० हजार १९१ मत खसेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १२:१४   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।