Logo

प्रमुख समाचार

प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । सुर्खेत–१ मा गठबन्धनबाट चुनाव जितेका खड्का बुधबार काठमाडौं आएपछि प्रचण्ड भेट्न खुमलटार पुगेका हुन् ।

भेटमा दुई नेताबीच शुभकामना आदानप्रदान हुनका साथै निर्वाचनको परिणामको समीक्षा र नयाँ सरकार गठनका विषयमा समेत छलफल भएको बताइएको छ ।

नेता खड्काले बुधबारै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बधाई आदानप्रदान र सरकार निर्माणका विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १६:३४   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।