काठमाडौं । स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । हालसम्म १७ हजार ११५ मतगणना हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालभन्दा गुरुङ दुई हजार ४४ मतले अगाडि छन् ।
गुरुङले ७ हजार ९०७ मत ल्याएका छन् भने नेकपा एमालकी पद्मा अर्यालले ५ हजार ८६३ मत पाएकी छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले २ हजार २८८ मत पाएका छन् ।




















प्रतिक्रिया