काठमाडौं । स्याङ्जा–२ मा नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले नेपाली कांग्रेसका धनराज गुरुङसँगको मतान्तर घटाउँदै लगेकी छन् । मगणनाको सुरुवाती चरणबाटै अग्रता लिएका गुरुङ अहिले पनि अग्रस्थानमै छन् । तर मतान्तर भने केही कम हुँदै गएको छ ।
पछिल्लो मतपरिणामअनुसार गुरुङले १३ हजार २४० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी एमालेकी अर्यालले ११ हजार ८०५ मत पाएकी छन् । उनीहरुबीच १ हजार ४३५ को मतान्तर देखिएको छ । यसअघि एमलेकी अर्याल झन्डै २५ सय मतले पछि पर्दै आएकी थिइन् । उनले त्यसलाई घटाएर अहिले १४ सयमा ल्याएकी छन् ।
स्याङजा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ८७६मत ल्याएका छन् ।




















प्रतिक्रिया