Logo

राजनीति

दोलखा : कुल खसेकोमध्ये १४७ मत गायब, गणना राेकियाे



काठमाडौं । दोलखामा मतगणना स्थगित भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो।

दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट माओवादी केन्द्र उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २ हजार ९२८ मत प्राप्त गरेका छन् ।

दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार १४:१२   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।