काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल नेकपा माओवादी केन्द्रसँग एकताका विषयमा कुनै छलफल नै नभएको स्पष्ट पारेको । बाहिर सार्वजनिक समाचारमा कुनै सत्यता नरहेको भन्दै पार्टी महासचिव डा. वेदुराम भुसालले अहिले माओवादी केन्द्रसँग एकताबारे कुनै लछफल, वार्ता तथा संवाद केही नभएको बताएका छन् ।
महासचिव डा. भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको प्रष्ट्याएका हुन् । दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै उनले भनेका छन्, ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन ।’
पार्टी एकताको प्रचार गरेर भ्रम फैल्याउन खोजिएको भुसालको आरोप छ । यद्यपि नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा एकीकृत समाजवादी प्रष्ट रहेको उनले उल्लेख गरेका छन् ।
‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’




















प्रतिक्रिया