Logo

राजनीति

स्याङजा-२ मा धनराज गुरुङकाे अग्रता कायमै, पद्मा अर्याल २१ सय बढी मतले पछि



काठमाडाैं । स्याङजा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । मतगणनाकाे सुरुवाती चरणबाटै उनले लिएका अग्रतालाई अहिलेसम्म कायमै राखेका हुन् ।

पछिल्लाे मतगणनाअनुसार उनले २४२२७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले २२११० मत पाएकी छन् । कांग्रेसका गुरुङ अर्यालभन्दा २११७ मतले अघि छन् । स्याङजा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७६०२ मत पाएका छन् ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र २ तर्फ भने नेकपा एमालेका बुद्धिमान श्रेष्ठले अग्रता लिएका छन् । उनले १२२४२ मत ल्याउँदा कांग्रेसका महेश भट्टराईले १२२०१ मतका साथ पछ्याइरहेका छन् । उनीहरुबीचकाे मतान्तर 41 मतको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १२:१२   :  बजे

603
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।