Logo

राजनीति

स्याङजा‍-२ मा धनराज गुरुङकाे फराकिलाे अग्रता



काठमाडाैं । स्याङजा-२ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता फराकिलाे बनाएका छन् । मतगणनाकाे सुरुवाती चरणबाटै उनले लिएका अग्रतालाई उनले थप फराकिलाे बनाएका हुन् ।

पछिल्लाे मतगणनाअनुसार उनले २५ हजार ६५३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले २२ हजार २१३ मत ल्याएका छन् । जसअनुसार एमालेकी अर्यालभन्दा कांग्रेसका गुरुङ ३ हजार ४४० मतले अगाडि छन् । यसअघि २१ सय मतले अग्रता लिएका गुरुङले पछिल्लाे गणनामा मतान्तर थप फराकिलाे बनाएका हुन् ।

स्याङजा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार १०२ मत पाएका छन् भने राप्रपाका लालगोपाल अर्यालले ७५३ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का सबै ३१ हजार ४२७ र २ तर्फ कालीगण्डकी १,२,३,४,५,६,७ (१०७८६), गल्याङ १,२,३,४,५,८,९,१०,११ र चापाकोट १,२,3 काे मत गणाना सकिएकाे छ ।

प्रदेशसभा २ तर्फ कांग्रेसका महेश भट्टराईले पुन: अग्रता लिएका छन् । उनले १३ हजार ६२७ मत पाउँदा नेकपा एमालेका बुद्धिमान श्रेष्ठले १२ हजार ३४५ मत ल्याएका छन् । जसअनुसार एमालेका श्रेष्ठभन्दा कांग्रेसका भट्टराई १२८२ मत अगाडि छन् ।

प्रदेशसभातर्फ अहिलेसम्म कालीगण्डकी १,२,३,४,५,६,७ गल्याङ १,२,३,४,५,८,९,१०,११ चापाकोट १,२,३ काे मतगणना सकिएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार १३:००   :  बजे

1.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।