Logo

प्रमुख समाचार

दोलखामा एमालेका सिवाकोटीले लिए फराकिलो अग्रता, माओवादीका कार्की १९ सय मतले पछाडि



काठमाडौं । दोलखामा नेकपा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले १८ हजार ६५६ मतका साथ अग्रता लिइरहेका छन् ।

सिवाकोटीलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६ हजार ७२४ मत पाएका छन् । एमालेका सिवाकोटी र गठबन्धनका साझा उम्मेदवार कार्कीबीच १९३२ को मतान्तर छ ।

अब बैतेश्वरका ७ वटा वडा, तामाकोशी, मेलुङ, बिगु र शैलुङ गाउँपालिकाको मत गणना गर्न बाँकी छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १३:०३   :  बजे

282
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।