Logo

राजनीति

उपेन्द्र यादव भन्छन्– चुनावसँगै एमालेसँग सहकार्यको कोर्स सकियो



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन् । आइतबार दिउँसो विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् ।

‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं। चुनावसँगै एमालेसँगको सहकार्यको कोर्स सकिएको छ,’ यादवले भने । उनले अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने पनि बताए ।

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार १८:३४   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।