काठमाडाैं । दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम–लोकतान्त्रिकका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले पछिल्लो समय अग्रता लिएका छन् ।
४९ हजार ६३५ मतगणना हुँदा कार्कीले २१ हजार चार सय १२ मत प्राप्त गरेर अग्रता लिएका हुन् भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले हालसम्म २१ हजार एक सय ४३ मत प्राप्त गरेका छन् । यसअघि एमालेका शिवाकाेटी अगाडि थिए ।
दोलखा–१(१) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडि छन् । हालसम्म ३९ हजार एक सय ६९ मतगणना गर्दा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले २१ हजार तीन सय ३७ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १४ हजार ४२ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भइसकेकाे छन् । जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए । १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियोे ।




















प्रतिक्रिया