Logo

प्रमुख समाचार

कांग्रेस उपसभापति खड्का र अध्यक्ष राउतबीच भेटवार्ता



काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतबीच आज भेटवार्ता भएको छ । उपसभापति खड्काको निजी निवासमा अध्यक्ष रावतलाई स्वागत गर्दै उहाँ र उहाँको पार्टीको विजयका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्तागठबन्धनमा सहकार्य गर्ने विषयका अलावा समसामयिक विषयका बारेमा छलफल भएको उपसभापति खड्काको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार २०:५०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।