Logo

प्रमुख समाचार

दोलखा प्रदेशसभा निर्वाचन क्षेत्र १ मा कांग्रेसका कुन्दराज काफ्ले विजयी



काठमाडौं । दोलखाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले विजयी भएका छन् । नेकपा एमालेका नरबहादुर श्रेष्ठलाई पराजित गर्दै काफ्ले बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आज सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार काफ्ले सात हजार ८७५ मतान्तरले विजयी भएका हुन् । काफ्लेले २३ हजार २३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी रहेका एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरे ।

काफ्ले प्रदेशमा विजयी भएसँगै २७ वर्षपछि कांग्रेसले त्यहाँ आफ्नो शाख फर्काएको छ । २०५२ सालको उपनिर्वाचनमा स्व. भीमबहादुर तामाङ निर्वाचित भएका थिए । त्यसपश्चात् त्यहाँ कांग्रेसका कुनै पनि नेताले सफलता हात पार्न सकेका थिएनन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार २१:२७   :  बजे

243
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।