दोलखा । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई हराए ।
माओवादीका कार्कीले ३६ हजार ७ सय ९९ मत ल्याएका छन् । एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याएका छन् । कार्कीले ३१७ मतान्तरले चुनाव जितेका छन् । यहाँ ८४ हजार ४ सय ४८ मत गणना गरिएको थियो । ३४७९ मत बदर भएको थियो ।
यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए । मुख्य निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।
समानुपातिकतर्फ भने मतगणना जारी छ । समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिए पनि गणना गर्ने सर्वदलीय सहमति भएकोले औपचारिक घोषणा गर्न केही समय लाग्नेछ ।




















प्रतिक्रिया