Logo

प्रमुख समाचार

प्रचण्डलाई भेट्न खुमलटार पुगे एमाले सचिव महासेठ



काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न सचिव महासेठ सोमबार दिउँसो प्रचण्डनिवास खुमलटार पुगेका थिए । 

उनीहरुबीच करिब एक घण्टा लामो भेटघाट भएको स्रोतले जनाएको छ । एकल बहुमतको सरकार नबन्ने भएपछि दोस्रो ठूलो दलका रुपमा दर्ज भएको एमालेले पछिल्लो समय सत्तारुढ गठबन्धनसँग पनि छलफल बढाइरहेको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने बताएपनि महासेठ र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

भावी सत्ता समीकरणका लागि सत्तारुढ दल र प्रतिपक्ष दलहरुबीच पछिल्लो समय भेटघाट बाक्लो बन्दै गएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १५:५०   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।