काठमाडौं । गण्डकी प्रदेश सभामा निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । सोमबार दिउँसो पार्टी अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई पार्टी प्रवेश गराएका हुन् ।
मनाङे मनाङबाट प्रदेश सभामा निर्विरोध निर्वाचित भएका थिए ।
अघिल्लो कार्यकालमा पनि स्वतन्त्र सांसद रहेका मनाङे प्रदेशका मन्त्री पनि हुन् । गण्डकीमा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ एउटा पनि प्रदेश सभा सदस्य जितेको छैन ।





















प्रतिक्रिया