Logo

खेलकुद

बलिउड अभिनेत्री दीपिकाले कतार विश्वकपको फाइनल खेलमा ट्रफी अनावरण गर्ने



काठमाडौं । आगामी १८ डिसेम्बरमा हुने फिता विश्वकप फुटबलको फाइनलका क्रममा बलिउड अभिनेत्री दीपिका पादुकोणलाई विषेश जिम्मेवारी दिइएको छ । कतारमा धुमधामका साथ चलिरहेको विश्वकमको फाइनलमा दीपिकालाई ट्रफी अनावरण गर्ने जिम्मेवारी दिइएको छ ।

उनी फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्न रोजिएकी पहिलो ग्लोबल स्टारसमेत हुन् । पहिलो पटक कुनै अभिनेत्रीले यस्तो सम्मान पाएकी हुन् ।

दीपिकाको चर्चा भारतमा मात्र नभई अन्य देशमा पनि हुने गरेको छ । उनले हलिउड फिल्ममा पनि काम गरिसकेकी छिन् । अब दीपिका फिफा विश्वकप २०२२ को फाइ

नल खेलका लागि कतार पुग्नेछिन् । त्यहाँ पुगेसँगै दीपिकाले फिफा विश्वकप ट्रफी अनावरण गर्नेछिन् ।यद्यपी यसबारे आधिकारिक जानकारी भने दिइएको छैन । तर मिडिया रिपोर्टका अनुसार दीपिकाको नाम लगभग तय भइसकेको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १२:४६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।