सुनसरी । अतिक्रमित सडक पेटी खाली गर्न पटक पटक निकालिएको सार्वजनिक सूचनालाई बेवास्ता गरिएपछि सुनसरीको इनरुवा नगरपालिकाले पनि डोजर चलाउने भएको छ । ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको छ ।
मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका छन् । व्यापारी र केही स्थानीयबासिन्दाले अवरोध गरे पनि नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ ।




















प्रतिक्रिया