Logo

प्रमुख समाचार

सीके राउतले भेटे राष्ट्रपति भण्डारी



काठमाडौं । जनमत पार्टीका अध्यक्ष (चन्द्रकान्त) सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे कुराकानी भएको राउतले बताएका छन् । केही दिनयता राजनीतिक भेटवार्तामा लागेका राउतले प्रमुख दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गरिसकेका छन् ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १६:५६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।