Logo

राजनीति

‘ठूला दलहरूले संविधानमाथि नै खेलबाड गर्ने गल्ती गरेकाले जनताले विकल्प खोजे’



काठमाडौं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले ठूला राजनीतिक दलहरूले संविधानमाथि नै खेलबाड गर्ने गल्ती गरेको बताएका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले सोही कारण जनताले उनीहरूको विकल्पको खोजी गरेको जिकिरसमेत गरे ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले जनादेशविपरीत जाने दलहरू समाप्त हुने पनि चेतावनी दिए । ‘जनादेशविपरीत जाने दलहरू समाप्त हुनेछन्’, उनले भने, ‘हामीले गल्ती गरेकाले जनताले दलहरूको विकल्प खोजेका हुन्। जनताले दिएको म्यान्डेटअनुसार अघि बढौँ।’

नयाँ सरकार गठनका लागि ठूला दलहरू मिलेर अघि बढ्नुपर्ने बताए । उनले ठूला दलहरूले नयाँ सरकार गठनबारे एक ठाउँमा उभिएर बहस गर्नुपर्ने बताएका हुन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १५:४५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।