इलाम । इलामको क्षेत्र नम्बर २ मा सम्पन्न मत गणना पुनः दोहोर्याउन सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । सम्पन्न भएको मतगणनाको परिणाम बदर गरी दोहोर्याएर मत गणना गर्न अदालतमा उजुरी परेको हो ।
नेपाली काँग्रेसका उम्मेदवार डम्बर खड्काले अन्यायपूर्ण तरिकाले पराजित गरिएको आरोप लगाउँदै उजुरी दर्ता गरेका हुन् । सो क्षेत्रबाट यस अघि सम्पन्न निर्वाचनको परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका हुन्। नेम्बाङले ३० हजार २० मत र नेपाली कांग्रेसका खड्काले २९ हजार ९०६ प्राप्त गरेका थिए ।






















प्रतिक्रिया