बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चुनावी जनादेशअनुसार आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन् । शुक्रबार बुटवल कालिका क्याम्पसको नवौं वार्षिकोत्सव पछि उनले मंसिर ४ को चुनावको जनादेश अनुसार एमाले प्रतिपक्षमा बस्ने बताएका हुन् ।
‘एमाले केही सिटले दोस्रो पार्टी बनेको छ’, उनले भने, ‘यो जनादेशको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं ।’ नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको पनि दाबी गरे ।




















प्रतिक्रिया